Friday, September 17, 2021
गृहपृठ खेलकुद अत्तरियामा गोदावरी खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु

अत्तरियामा गोदावरी खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु

अत्तरिया कैलालीको गोदावरी नगरपालिका ३ चौकीडाँडाँ मालाखेतीमा गोदावरी खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । गोदावरी नगरपालिका क्षेत्रका युवा ब्यबसायीहरुको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सांसद चुन कुमारी चौधरी र गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले ब्याटमिन्टन खेल्दै उद्घाटन गरेका हुन् । मालाखेतीका अगुवा समाजसेवी राजु भट्टराईको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रदेश सांसद चौधरी प्रमुख अतिथी रहेकी थिईन भने उप प्रमुख कडायत बिशिष्ट अतिथी रहेकी थिईन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सांसद चौधरीले खेलकुद स्वास्थ्यको लागी फाईदा जनक रहेको बताईन् । उनले यस्तो कोरोना माहामारीका बेला आत्मबल बढाउनका निमित्त पनि खेलकुदको आवश्यकता रहेको र सामाजिक दुरी कायम गरी सामान्य तरिकाबाट खुल्ला ब्याटमिन्टन प्रतियोगिता आयोजना अत्यन्तै राम्रो रहेको बताइन् ।यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी उप प्रमुख रत्ना कडायतले कोरोनाका कारण झण्डै ७ महिनाबाट खेलकुदबाट बञ्चित भएका खेलाडीहरुका लागी खुल्ला ब्याटमिन्टन प्रतियोगिता खेलकुद कार्यक्रम अत्यन्तै राम्रो खेलकोरुपमा आयोजना गरेकोे बताईन् ।

पछिल्लो समयमा अन्य खेलकुदहरु खेलिने गरेका भए पनि युवा व्यबसायीहरुले ब्याटमिन्टन खेल प्रतियोगितालाई निरन्तरता दिएको मा खुसि ब्यक्त गरिन् । खेलकुदमा नगरपालीकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि खेलकुदलाई निरन्तरता दिन नगरपालीका सहयोग गर्न तयार रहेको उनले बताईन् । साथै कोरोना माहामारीका बेलामा सामाजिक दुरी कायम संगै सतर्कता अपनाएर खेलकुद खेल्न र खेलाउन सबैलाई उप प्रमुख कडायतले आग्रह गरिन् । त्यस्तै कार्यक्रममा आयोजक युवा समुहले प्रदेश सांसद र उप प्रमुखलाई एभरेष्ट क्लबका तर्फवाट प्रपोजल पेश गरेका छन् ।

पछिल्लो समय यहाँका स्थानियहरुको ब्याटमिन्टन, बास्केटबल र टेबल टेनिस तर्फ आकर्षण बढ्दै गएको र चौकिडाडामा खेलकुद कोर्टहरु निर्माण गनुपर्ने आवश्यकता देखिएको समस्यालाई दर्साउदै प्रपोजल पेश गरेका थिए । आज र भोली दुई दिन सम्म चल्ने खुल्ला ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुने टिमले नगद २१ हजार ५ सय प्राप्त गर्ने युबा समुहका सदस्य छत्र रोकायाले बताए । प्रतियोगितामा कैलाली, कञ्चनपुर सहित बिभिन्न ठाउँवाट २८ वटा टिमको सहभागिता रहेको उनले बताए ।

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष मोहन खत्री, ब्याटमिन्टन खेल तर्फ अण्डर १९ का राष्ट्रिय टिममा टप ७ मा पर्न सफल खेलाडी प्रिन्स दाहाल, ईप्रका मालाखेतीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशी, माउन्ट एभरेष्ट युवा क्लबका अध्यक्ष बेद प्रकाश पाण्डे लगाएतको सहभागिता रहेको थियो । अत्तरियाका युवा ब्यबसायी आयोजकका सदस्य हरि भट्टराईकोे स्वागत मन्तब्य संगै शुरुभएको कार्यक्रमको सञ्चालन युवा ब्यबसायी गणेश महराले गरेका थिए ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...