Tuesday, April 20, 2021
गृहपृठ अन्य अमरगढी नगरपालिकाद्धारा खुला सरकार घोषणा : सुशासनका लागि प्रविधिको प्रयोग अपरिहार्य

अमरगढी नगरपालिकाद्धारा खुला सरकार घोषणा : सुशासनका लागि प्रविधिको प्रयोग अपरिहार्य

  • 11
    Shares

डडेल्धुरा : अमरगढी नगरपालिका डडेल्धुराले सरकारको अवधारणालाई प्रभावकारी बनाउन खुला सरकार घोषणा गरेको छ । क्यानडा सरकारको आर्थिक तथा प्राविधिक सहयोग, सेसी नेपाल र ग्रामीण वातावरण विकास केन्द्र (REDC) डडेल्धुरा बीचको साझेदारीमा सञ्चालित सुशासन परियोजना द्वारा अमरगढी नगरपालिका वडा नं. ५ बसपार्क, डडेल्धुरामा स्थापित सामुदायिक सुचना प्रविधि केन्द्रको उद्घाटन कार्यक्रम मार्फत अमरगढी नगरपालिका द्वारा खुला सरकार घोषणा गरिएको हो । खुला सरकार घोषणा गरि एकिकृत प्रविधिको दिगो प्रयोग मार्फत नगरपालिकाको नीति, कार्यक्रम र बजेट, कर लगायत सम्पूर्ण सूचनाहरू हरेक नागरिक सामु पुर्याउने लक्ष रहेको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

आधुनिक युगअनुसार पालिकाले मोवाइल एप र डाटापोर्टलको माध्यमबाट हरेक नागरिकको हातमा सूचना पुग्ने गरि सुशासनका औजार निर्माण गरेको नगरप्रमुख ओझाले बताए। ‘खुला सरकार घोषणासँगै हरेक वडामा सूचना केन्द्र स्थापना गरि जनतालाई समुदायमै सूचना उपलब्ध गराउछु,’ उनले  भने। स्थानीय तहका जनप्रतिनिधिहरूका लागि जवाफदेहिताका प्राविधिक औजारहरूले सुशासन र पारदर्शिता ल्याउन सहयोगी हुने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए।

सरकारले सञ्चालन गर्ने कार्यक्रमहरुमा नागरिक सहभागीता बढाउन सूचना अति आवश्यक रहेको बताउदै परशुराम नगरपालिकाका उपप्रमुख कलावति बोहराले हरेक नागरिकले पालिकाको कार्यक्रम र बजेटका बारेमा जानकारी पाउनु जरूरी रहेको र परशुराम नगरपालिकाको माग अनुसार नगरपालिकामा सुशासन परियोजनाको सहयोगमा न्यायिक मामिला ब्यवस्थापन प्रणाली, तथ्यांकीय पोर्टल एंब मोबाइल एप, एकिकृत ब्यवस्थापन प्रणाली, समुह सन्देश प्रणाली इत्यादि प्रणालीहरू लागु हुने चरणमा रहेकोले सक्दो चाँडो सबै प्रणालीहरू सञ्चालनमा ल्याउन सके नागरिक सरकार संलग्नता अभिबृद्धि हुने अपेक्षा गरिन् । उनले भनिन्, ‘नागरिकहरूको सक्रियता बढेमात्र सरकार पनि सक्रिय बन्छ।’

त्यस्तै अजयमेरू गाउँपालिकाका उपाध्यक्ष कलावती भाणका अनुसार सुशासन परियोजना द्वारा विकास गरिएका प्राविधिक प्रणालीहरू स्थानीय सरकार र नागरिक दुवै पक्षलार्इ अत्यन्तै लाभदायक रहेकोले अजयमेरू गाउँपालिकाले प्राथमिकीकरण गरे अनुसार जवाफदेहिताका प्राविधिक औजारहरूको मद्दतबाट गाउँपालिकाका हरेक कार्य र गतिविधिको बारेमा जनताले सहजै जानकारी पाउने वातावरण सृजना गर्न हरदम प्रयत्न रहेन प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा सुशासन परियोजनाका जिल्ला कार्यक्रम संयोजक दिपक बोहराले सुशासन परियोजना र स्थानीय सरकार सँगको सहकार्य सम्बन्धमा बोल्दै सुशासन, जवाफदेहीता र पारदर्शीता अभिबृद्धिका लागि परियोजनाले एकिकृत प्रविधिको विकास गरेको बताए । बसपार्क, डडेल्धुरामा स्थापित सूचना प्रविधि मार्फत नगरपालिकाका गतिबिधि एंब सूचनाका साथसाथै धार्मित, पर्यटकीय क्षेत्रहरू, अपराधिक घटनाहरू न्यूनिकरण, ट्राफिक नियम, स्वास्थ्य सन्देश इत्यादि सूचनाहरू नागरिकहरूले पाउन भन्ने उद्देश्य रहेको बोहराले बताए । साथै स्थानीय सरकारका हरेक क्रियाकलापहरूलार्इ सामान्य नागरिकले पनि घरबाटै नियाल्न पाउने गरी सिमान्तकृत समुदाय मैत्री प्रविधिको विकास गरेकोले त्यसको पूर्ण स्वामित्व लिँदै स्थानीय सरकारले प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा बोहराले जोड दिए ।

  • 11
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here