Tuesday, April 20, 2021
गृहपृठ अन्य कृष्णपुर नगरपालिकाका केहि वडा कार्यालयहरु सचिब बिहिन

कृष्णपुर नगरपालिकाका केहि वडा कार्यालयहरु सचिब बिहिन

  • 19
    Shares

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका अधिकांश वडा कार्यालयहरु सचिब बिहिन रहेका छन् । नगरपालिकाका ९ वटा वडा मध्ये ४ वटा वडा कार्यालयहरु सचिब बिहिन रहेका हुन् ।

padma hospital

वडा कार्यालयमा महत्वपूर्ण भूमिका रहने सचिब नै नहुदाँ दैनिक काम काजमा निकै समस्या भैरहेको वडा अध्यक्षहरुले बताएका छन् ।

हाल वडा नं २ , वडा नं ४ , वडा नं ८ र वडा नं ९ मा वडा सचिब छैनन् । वडा सचिब नहुदाँ अहिले एउटै सचिबलाई दुई वटा वडा कार्यालय देखी पशु प्राबिधिक र इन्जिनियरहरुले जिम्मेवारी दिइएको छ । वडा नं २ का सचिब जित बहादुर ऐर रिटाएर भएर गएको लामो समय सम्म पनि नयाँ सचिब नआउदाँ एउटै वडा सचिबले दुई वटा वडा कार्यालयको काम गरिरहेका हुन् ।

अहिले वडा नं ३ का सचिब राम प्रसाद बोहराले वडा नं ३ र वडा नं २ कार्यालयको काम संगै गरिरहेका छन् । एउटै सचिबले दुई वटा वडा धाउदाँ काममा निकै ढिलाई हुने गरेको छ ।

वडा सचिब बोहरा केही समय वडा नं ३ मा बस्ने र केही समय वडा नं २ मा बस्ने हुदाँ कामका लागि वडा कार्यालयमा आएका सेवाग्राहीहरु समस्यामा पर्ने गरेका छन् ।

आफुहरु कामका लागि वडा नं २ मा पुग्दा सचिब ३ नम्बरमा रहने गर्दा निकै समस्या हुने गरेको वडा नं २ का स्थानिय सेवाग्रहीहरुको गुनासो छ । आफ्नो वडामा सचिब नहुदाँ अर्को वडाको सचिबवाट काम चलाइरहेको वडा नं २ का वडा अध्यक्ष जयनारायण जोशीले बताए ।

एउटै सचिब २÷२ ठाउँ धाउदाँ काम पनि प्रभावकारी नहुने र समय पनि धेरै लाग्ने समस्या रहेको उनले बताए । उनले वडा नं ३ सानो भएपनि आफ्नो वडा भने ठूलो हुदाँ दिनहरु सेवाग्राहीहरुको भिड लाग्ने गरेको बताए ।

वडा सचिब नभएपछि सबै सेवाग्राहीको काम पनि छिटोछरितो गर्न सकिदैन उनले भने एउटै सचिब छन् उनी यहाँ जान्छन् कि उहाँ जान्छन् अब त्यही पनि वडा नं ३ सानो हुदाँ बढी समय यसै वडा कार्यालयमा बिताउछन् ।

तत्कालिन वडा नं २ का सचिब ऐरको २ महिना पहिले बिदाई गरिएको थियो । यता कृष्णपुर नगरपालिकाका सुचना अधिकारी प्रेम बोगटीले आफुहरुले यस बिषयमा पटक पटक मन्त्रालयमा जानकारी गराउदाँ समेत कर्मचारीहरु नपठाउदाँ समस्यामा भएको बताए ।

उनले कर्मचारी उपलब्ध नहुदाँ वडा नं २ र ३ मा एउटै सचिबले दुई वटा वडामा काम गरिरहेको , वडा नं ४ मा पशु प्राबिधिक र वडा नं ८ मा ईन्जिनियरले वडा सचिबको जिम्मेवारी सम्हालिरहेको बताए ।

उनले वडा नं ९ मा आज मात्रै नयाँ सचिब आएको बताउदै सुचना अधिकारी बोगटीले अबको २÷४ दिन भित्रै सबै वडामा सचिब आएपुग्ने जानकारी दिए ।

  • 19
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here