Tuesday, April 20, 2021
गृहपृठ अन्य पत्रकार योगीको शब्दमा भीम बिसीको नयाँ गीत बजारमा

पत्रकार योगीको शब्दमा भीम बिसीको नयाँ गीत बजारमा

  • 25
    Shares

धनगढी – संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन् । गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ । उच्च क्वालिटीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने अहिलेका चर्चित निर्देशन प्रविन भट्टले गरेका हुन् । गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने अजय रेग्मीले छायाङ्कन गरेको भिडियोमा गायिका एलिना र बिसी आफैले अभिनय गरेका छन् । गीतको भिडियोमा सरोज बुढाथोकीको श्रृङ्गार र कुशुम श्रेष्ठको पहिरन छ । padma hospital

सहायक निर्देशक सागरबाबु भट्ट रहेको गीत गायक बीसीले आफ्नै अफिसियल युटुब च्यानल भीम बिसी अफिसियलबाट सार्वजनिक गरेका हुन् । छुट्टिएर टाढा बस्न बाध्य पे्रमिल जोडीको मार्मिक कथालाई गीत उतारिएको छ । माया, प्रेम र प्रमिल मान्छेको साथ भएन भने धनले मात्रै मान्छे खुशी र शुखी हुँदैन भन्ने भाव गीतमा समेटिएको छ ।गीत कारुणिकमात्र होइन आधुनिक प्रविधि र लयमा निर्माण भएकाले धेरैले रुचाउने विश्वास भीम बिसीले व्यक्त गरे । बिसी सांगीतिक क्षेत्रमा पछिल्लो समय निकै चर्चित बन्दै गएका सर्जकका रुपमा चिनिन्छन् । यसअघि बिसीका ‘एक कान दुई कान मैदान’, ‘झम्क्या बुलाकी’, ‘टालाटुली बाटुली’, ‘निरमाया’, जस्ता दर्जनाँै गीत लाखौं स्रोता–दर्शकले रुचाएका छन् । उनका कतिपय गीत करोड क्लबमा पनि परेका छन् ।

  • 25
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here