डडेल्धुरा – विश्व पानी दिवसको अवसरमा नेपाल–भारतको सीमा नदी महाकालीमा र्याफ्टिङ सुरु गरिएको छ । दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीमा र्याफ्टिङ सुरु गरिएको हो ।महाकाली नदीमा जलयात्रा र्याफ्टिङको सम्भाव्यता अध्ययन पछि र्याफ्टिङ सुरु गरिएको हो ।
साहसिक पर्यटकका लागी दीर्घकालिन रुपमा महाकालीमा बोट सञ्चालनका लागि पनि टेवा पुग्ने भएकोले सीमा नदीमा सोमबार र्याफ्टिङ सुरु गरिएको हो । परशुराम धाममा परशुरामका नगर प्रमुख भिम बहादुर साउदले र्याफ्टिङ्गको शुभारम्भ गरेका हुन् । दुई वटा बोट कञ्चनपुरको खल्ला मुसेट्टिसम्म जाने कार्यक्रम अनुसार नगर प्रमुख साउदले सोमबार बिहान र्याफ्टिङको शुभारम्भ गरेका हुन् ।
डडेल्धुराको परशुराम नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाले र्याफ्टिङ् गर्न लागेका हुन । र्याफ्टिङ्गका लागि डडेल्धुरामा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) अन्तरगत सञ्चालित ट्रोसा कार्यक्रमको सहकार्यका साथै बैतडीको रुडेस र कञ्चनपुरको निड्सले सहकार्य गरेका छन् ।।जलयात्रा सञ्चालनका लागी विभिन्न तहका सरकार र छिमेकी राष्ट्र भारतसँग समन्वय गरेर प्रारम्भ गरिएको हो ।