Tuesday, April 20, 2021
गृहपृठ अन्तर्राष्ट्रिय गुजरात र पन्जाबमा कर्फ्यु

गुजरात र पन्जाबमा कर्फ्यु

  • 161
    Shares

भारतका आठ राज्यमा कारोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।

मध्यप्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ । महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको छ । गुजरात र पन्जाबका केही सहरमा रात्रिकालिन कर्फ्यु लगाइएको छ भने केही ठाउँमा स्कुल कलेज बन्द गरिएको छ । यस्तै, मुम्बई सहरमा कोराना परीक्षण अनिवार्य गरिएको छ ।

परीक्षण गर्न अस्वीकार गर्नेलाई कारबाही गरिने त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो तीन दिनमा एक लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म १ करोड १५ लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । एक लाख ५९ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक करोड ११ लाखभन्दा धेरै निको भएका छन् ।

  • 161
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here