कैलाली – धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन युवा संघ नेपालले धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।
उनीहरुले भीम रावलको कार्यवाही गरेको विरोधमा पुत्ला दहन गरेको हुन् ।
युवा संघ नेपालका सुदूरपश्चिम अध्यक्ष बाबुराजा श्रेष्ठले अध्यक्ष ओलीले अवैधानिक तरिकाले नेता माधव नेपाल र भीम रावल माथि कार्यवाही गरेको विरोधमा पत्ला जलाइको बताए ।
पुत्ला दहनपछि युवा संघका नेताहरुले केपी शर्मा ओली मुर्दावाद भीम रावल जिन्दावाद नारा समेत लगाएका थिए ।
नेकपा एमालेले अध्यक्ष केपीशर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ ।