Tuesday, April 20, 2021
गृहपृठ अन्य अप्रिल फूल डे ,कसरी सुरु भयो मुर्ख बनाउने चलन !

अप्रिल फूल डे ,कसरी सुरु भयो मुर्ख बनाउने चलन !

  • 8
    Shares

आज अप्रिल १ अर्थात अप्रिल महिनाको पहिलो दिन । यो दिनलाई विश्वका अधिकांश मुलुकहरुमा अप्रिल फूल डे अर्थात मुर्ख दिवसको रुपमा मनाउने गरिन्छ । तर  यो दिवस विश्व्का कुनै पनि मुलुकमा औपचारिक रुपमा भने मनाइएको पाइँदैन ।

padma hospital

आजको दिन एक अर्कालाई हानी नपुर्याई मुर्ख बनाएर मनाइने चलन छ । त्यसैले अप्रिल १ लाई मजाक गर्ने दिवसका रुपमा पनि लिइन्छ । अप्रिल फूल किन र कहिलदेखि मनाउन थालियो भन्ने वास्तविक तथ्यांक छैन ।

यद्यीप, मध्यकालमा यूरोपका धेरै सहरहरूमा २५ मार्चदेखि नयाँ वर्ष मनाउन थालिन्थ्यो, जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो । तर, जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे, उनीहरूले अप्रिल १ मा नयाँ बर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले ।

सोह्रौं शताव्दीको मध्यमै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिसकिएको थियो । तर युरोपका धेरै शहरहरूमा त्यो बेलासम्म पनि अप्रिल १ लाई नयाँ वर्षको नयाँ महिना मान्ने गरिन्थ्यो । अप्रिल १ लाई मुर्ख दिवस मनाउनुको अर्को एक कारण पनि छ ।

अंग्रेज साहित्यकार चान्सरको सन् १३९२ मा लेखिएको ‘क्यान्टरबरी टेल्स’ मा उनले ‘सिन मार्च बिगन थर्टी डेज एण्ड टु’ उल्लेख गरे ।

चान्सरको अर्थ सम्भवतः मार्च महिनाको ३२ औं दिन अर्थात अप्रिल २ पछि इङ्ल्याण्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेज्मेन्ट’ बोहेमियाकी एनसंग भएको वर्ष दिन हुन्छ भन्ने थियो ।

तर पाठकले ३२ मार्च भन्ने बुझे । वास्तवमा मार्च महिना ३१ दिनको हुन्छ । त्यही मार्च महिनाको ३२ औं दिनलाई ‘अप्रिल फूल’ मान्न थालियो भन्ने विश्वास पनि गरिन्छ ।

  • 8
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here