Tuesday, April 20, 2021
गृहपृठ अन्य कञ्चनपुरको महेन्द्रनगरमा साइकलबाट लडेर एक जनाको मृत्यु

कञ्चनपुरको महेन्द्रनगरमा साइकलबाट लडेर एक जनाको मृत्यु

  • 52
    Shares

कञ्चनपुरको महेन्द्रनगरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।   पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको भीमदत्त नगरपालिका–२ स्थित भाँसीमा साइकलबाट लडेर सोही नगरपालिका वडा नम्बर १८ भगतपुर बस्ने होमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सुडाबाट महेन्द्रनगरतर्फ आउने क्रममा राई लडेर घाइते भएको बताए । उपचारका लागि उनलाई महाकाली अस्पताल पुगाएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

  • 52
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here