Tuesday, April 20, 2021
गृहपृठ अन्य श्रीपुर खानेपानी आयोजनाको उद्घघाटन मुख्यमन्त्री भट्टद्धारा

श्रीपुर खानेपानी आयोजनाको उद्घघाटन मुख्यमन्त्री भट्टद्धारा

  • 44
    Shares

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उद्घघाटन गरिएको छ । एक औचारिक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आयोजनाको उद्घाटन गरेका हुन । आयोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका सबै नागरिकलाई स्वच्छ खानेपानी पु¥याउन प्रदेश सरकार लागिपरेको बताए ।
उनले खानेपानीका मुल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा विशेष ध्यान दिनुपर्ने बताए । विकास निर्माणका काम गर्दा तराईमा मात्रै नभएर पहाडमा पनि पानीका मुहान सुकिरहेको बताउँदै मुख्यमन्त्री भट्टले यसको कारण पर्यावरणमा भएको परिवर्तन रहेको बताए ।
संघिय सरकार मार्फत निर्माण गरिएको उक्त आयोजना सोहि कार्यक्रमका विच श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई हस्तान्तरण गरिएको थियो । संघिय सरकारको खानेपानी डिभिजन कार्यालयका ईन्जिनियर मोहन बहादुर कुवँरले राष्ट्रिय स्तरको उक्त खानेपानी आयोजनाको निर्माण कार्य २०७१ देखि सुरु भएको बताए । उनले योजना मार्फत १ हजार ४ सय ७५ घरधुरीका ९ हजार ९ सय ३० जना लाभान्बित हुने बताए ।
आयोजनाको कुल लागत ८ करोड ५१ लाख ७९ हजार भएपनि हालसम्म ५ करोड २० लाख खर्च भएको जनाईएको छ । खानेपानी आयोजना अन्तरगत २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की, डिलिङ डिपट्युबेल २ वटा, ४९ दशमलव ८० किलोमिटर पाईप विस्तार, २ वटा भवन र भल्व च्याम्बर ८ वटा निर्माण भएको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष प्रेम बहादुर वोगटीले बताए । उनले खानेपानी आयोजना अन्तरगत हालसम्म ७ सय ५० घरधुरीमा धारा जडान गरिसकिएको बताए ।

श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष प्रेम वोगटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट रहेका थिए भने बिशिष्ट अतिथिमा समाजिक विकास मन्त्री कृष्ण राज सुवेदी रहेका थिए । कार्यक्रममा प्रदेश सांसद चुन कुमारी चौधरी, स्थानिय तहका जनप्रतिनिधि, खानेपानी कार्यालयका कर्मचारी बिभिन्न संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । खानेपानी कार्यालयका सह व्यवस्थापक तारा अधिकारीले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन समितिका सचिव खम्म बुढाले गरेका थिए ।

घरैमा शुद्ध पानी पाएपछि स्थानियहरु निकै खुसी
घरैमा शुद्ध पानी पाएपछि स्थानियहरु निकै खुसी भएका छन् । स्थानिय महिला तारा देवी जोशीले बिगतका दिनमा आफुहरुले पानी नपाउदा निकै दुख कष्ट झेलेपनि अहिले भने घरकै आगनमा खानेपानीको घारा जडान गरेपछि चौबिसै घण्टा पानीको सुबिधा पाएको बताइन् ।

उनले आफ्ना बिगतका तिता अनुभवहरु सुनाउदै जेठ बैशाखको गर्मी महिनामा खानका लागि देखी लिएर लुगाकपडा , भाडाँकुडा धुनका लागि बिहानै उठेर आसपासमा रहेका कुवाहरुमा जानुपर्ने बाध्याता रहेको बताइन् ।

तराईमा आएपनि हामीलाई पहाडका जस्तै पानीका दुख हुन्थ्यो , बिहानै उठेर हामी सबै टाढा टाढा रहेका कुवा तथा आटिजन धाराहरुमा गएर लामबद्ध भएर बस्थ्यौ उनले भनिन् अहिले भने घरैमा खानेपानीको धारा पुगेको छ हामी एकदमै खुसी छौ ।

  • 44
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here