Tuesday, April 20, 2021
गृहपृठ अन्य सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उद्धघाटन उद्योग मन्त्री भट्टद्धारा

सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उद्धघाटन उद्योग मन्त्री भट्टद्धारा

  • 21
    Shares

अत्तरिया – कैलालीको अत्तरियामा जिआईसी सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता सुरु भएको छ । पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा शनिबार देखि चैत २८ गतेसम्म हुने दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता सुरु भएको हो ।

padma hospital

प्रतियोगिताको उद्घाटन खेलमा युथ स्पोर्टस क्लब विजयी भएको छ ।  युथ स्पोर्टस क्लबले सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई हराएको हो । निर्धारित समय र टाईब्रेकरमा बराबर भएपछि सडनडेथमा युथ विजयी भएको हो ।

सडनडेथमा युथले सुदुरपश्चिमलाई ४–३ ले हराएको हो ।  प्रतियोगिता अन्तर्गत आईतबार दुई वटा खेल हुनेछन् । पहिलो खेलमा फारवेष्ट पशुपति युवा क्लब र नैनादेवी युवा क्लब तथा सुदुरपश्चिम स्पोर्टस एकेडेमी र अपि सैपाल स्पोर्टस क्लब प्रतिस्पर्धा गर्नेछन् ।

नकआउट चरणको आधारमा भईरहेको प्रतियोगिताको बिजेताले नगद ४ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।

उपविजेताले नगद २ लाख सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक पिएफए स्पोर्टस्  क्लबका अध्यक्ष योगेश भट्टले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, राईजिङ प्लियर, बेष्ट डिफेन्सलाई समान १०÷१० हजार रुपैया प्रदान गरिने छ ।

प्रतियोगिताको म्यान अफ द म्याचलाई नगद २ हजार प्रदान गरिने छ । गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको मालिका खेल मैदानमा भईरहेको प्रतियोगितामा १२ ओटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको यसअघि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले उद्घाटन गरेका थिए । क्लबका अध्यक्ष योगेश भट्टको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सुदुरपश्चिम प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा, गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउँद लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी गोदावरी घोषणा भएपछि राजधानी कार्यान्वयनको लागि दबाब सिर्जना गर्नका लागि सुदुरपश्चिम राजधानी कप दुई बर्षदेखि आयोजना हुदैं आएको छ । दोस्रो संस्करणको सुदुरपश्चिम राजधानी कपलाई जनरल ईन्सुरेन्स कम्पनी नेपालले मुख्य प्रायोजन गरेको छ ।(1) Facebook

  • 21
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here