Tuesday, April 20, 2021
गृहपृठ अन्य एक दिने उपभोक्ता हक अधिकार सम्बन्धी जनजागरण कार्यक्रम अत्तरियामा सम्पन्न

एक दिने उपभोक्ता हक अधिकार सम्बन्धी जनजागरण कार्यक्रम अत्तरियामा सम्पन्न

  • 20
    Shares

अत्तरिया – अत्तरियामा एक दिने उपभोक्ता हक अधिकार सम्बन्धी जनजागरण कार्यक्रम आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा उपभोक्ता हक अधिकार सम्बन्धी जनजागरण कार्यक्रम आयोजना गरिएको हो । गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा न. १ का अध्यक्ष शर्मानन्द भट्टको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ताको हक अभिकार कसरी संरक्षण गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रममा बोल्दै प्रवक्ता भट्टले उपभोक्ताको हक अधिकार संरक्षण लागि गोदावरी नगरपालिकाले उपमेयरको नेतृत्वमा नियमित बजार अनुगमन गर्ने गरेको बताए । नियमित भएको बजार अनुगमनका कारण बजारमा धेरै सुधार आएको उनले दावी गरे । उनले नगरपालिकाले चाहे अनुसार भने बजार अनुगमन गर्न नसकेको बताए । ‘महिनामा २÷३ पटक बजार अनुगमन गर्नु पर्ने आवश्यकता देखिन्छ’ उनले भने ‘ जनप्रतिनिधिहरुले मात्रै अनुगम गरेर नहुने रहेछ । त्यसका लागि प्राबिधिक जनशक्ति आवश्यक पर्छ । त्यसका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट प्राबिधिक सहयोग हुनुपर्ने हो ।

तर, त्यहा जनशक्ती अभाव भएका कारण हामीले बोलाएको समयमा वहाहरु आउन सक्नु हुन्न ।’ उनले व्यवसायीहरु पनि आफै उपभोक्ता भएकाले अरुलाई सामान विक्री गर्दा गुणस्तरमा ध्यान दिन आग्रह गरे । उपभोक्ता हक अधिकारका लागि उपभोक्ता स्वयम पनि जागरुप हुन आवश्यक रहेको प्रवक्ता भट्टले बताए । कार्यक्रममा अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले उपभोक्ताको हक अधिकार रक्षाका लागि नियमित रुपमा बजार अनुगमन हुन आवश्यक रहेको बताए । उनले उपभोक्ताको हक अधिकार संरक्षणका लागि अत्तरिया उद्योग बाणिज्य संघ प्रतिवद्ध रहेकाले यसका लागि गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

उनले व्यवसायीहरुलाई पनि धेरै कुरा थाहा नहुने भएकाले बेला बेलामा यस्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको बताए । उपभोक्ताको हक अधिकारको संरक्षणका लागि प्रदेश सरकारबाट स्विकृत कार्यक्रम अन्तरगत जनजागरण कार्यक्रमको आयोजना गरिएको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत धर्म राज जोशीले बताए । उनले कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुलाई राखेर कार्यक्रमको आयोजना गरिएको बताए ।

 

उनले मन्त्रालय मार्फत सुदूरपश्चिमका १० वटा स्थानिय तहमा उपभोक्ता हक अधिकार सम्बन्धी जनजागरण कार्यक्रम आयोजना गर्ने लक्ष्य लिइएको बताए । उपभोक्ताको हक अधिकार संरक्षणका लागि सचेत गराउन खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नव राज दहाल, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमिक्त कार्यालय प्रमुख कमल बहादुर पुन, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत जोशीले प्रशिक्षण दिएका थिए ।

  • 20
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here