Tuesday, April 20, 2021
गृहपृठ अन्य राष्ट्रिय बाल नाटक महोत्सवमा एभरेष्टको ‘भुमिका नामक नाटक’ उत्कृष्ट

राष्ट्रिय बाल नाटक महोत्सवमा एभरेष्टको ‘भुमिका नामक नाटक’ उत्कृष्ट

  • 15
    Shares

कैलाली, २२ चैत । एभरेष्ट एकेडेमी अत्तरियाले बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सवमा प्रस्तुत गरेको नाटक भूमिका ले उत्कृष्ट उपाधि प्राप्त गरेको छ । चैत्र १ गतेबाट शुरु भएर चैत्र २१ गते सम्पन्न भएको नाटक महोत्सवमा देशै भरीबाट करीब तीन दर्जन नाटक सहभागी भएका थिए । उत्कृष्ट उपाधि प्राप्त गरेको भुमिका नाटक बलात्कारजन्य अपराध र हत्याका घटनामा आधारित भएर मञ्चन गरिएको थियो । यस नाटकको लेखन तथा निर्देशन रंगकर्मी तथा निर्देशक पुष्पराज अवस्थीले गरेका थिए । निर्देशक अवस्थी एक दशक देखि काठमाडौंमा रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा सक्रिय रहेका छन् । उक्त नाटकमा सुनिल पन्तको कोरियोग्राफी÷सहायक निर्देशन थियो भने एभरेष्ट एकेडेमीका दश जना विद्यार्थी भाईबहिनीहरुको अभिनय गरेका थिए ।
यस नाटकमा आशा भट्टराई, आर्या महरा, नेहा सिंह, सुनिता विष्ट, इशा गोर्खाली, प्रिति ठाकुर, युवराज भट्टराई, निरज रावल, दिपक भट्टराई, र हेमन्त भट्ट आदिले कलाकारको रुपमा अभिनय गरेका थिए । बाल नाटक महोत्सव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, शैली थिएटर र रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र काठमाडौंद्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो । उक्त नाटक धनगढी तथा अत्तरिया क्षेत्रमा पुनः मञ्चन गर्ने तयारी भईरहेको एभरेष्ट एकेडेमीका प्राचार्य स्माईल चौधरीले बताए ।

  • 15
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here