Tuesday, April 20, 2021
गृहपृठ अन्य ट्राफिक कार्यालयद्वारा  बैतडीमा १९ लाखभन्दा बढि राजस्व संकलन

ट्राफिक कार्यालयद्वारा  बैतडीमा १९ लाखभन्दा बढि राजस्व संकलन

  • 28
    Shares

 बैतडी चैत्र २३,  जिल्ला ट्राफिक कार्यालय बैतडीले रू. १९ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने तीन हजारभन्दा बढि सवारी साधनबाट रू. १९ लाख ३५ हजार ५०० राजस्व संकलन गरिएको हो ।

चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म साना ठूला गरी तीन हजार २८२ सवारी साधन कारवाही गरिएको ट्राफिक प्रहरी बैतडीका हल्दार ललित सिंह महराले बताए । क्षमताभन्दा वढि यात्रु बोक्ने गाढीका कागजात नबोक्ने र ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई कारवाही गरिएको हो ।

चालू आर्थिक वर्षमा बसबाट रू. ४० हजार ५००, ट्रकबाट २ लाख ९८ हजार ५०० जिप, कार, भ्यानबाट ८ लाख २६ हजार ट्याक्टरबाट एक लाख ४७ हजार मोटरसाईकलबाट ४ लाख ५२ हजार ५० अन्यबाट ९ हजार र चैत महीनामा रू. १ लाख ६२ हजार राजस्व संकलन गरेको हो ।

चालू वर्षको शुरुदेखि हालसम्म ३ हजार २८२ साना ठूला सवारी साधनबाट सो राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले बताएको छ ।

बैतडीमा ट्राफिक प्रहरीको ९ जनाको दरबन्दी रहेको छ । जिल्लाका मेलौली, खोचलेक, ढोलेकोमोड, खोडेपे, पाटन र गोठलापानी बजारमा ट्राफिक प्रहरीको आवश्यक्ता भए पनि खोडपे, पाटन र गोठलापानी बजारमा मात्र ट्राफिक प्रहरी रहेका छन् । जिल्लाका केही ठाउँ बाहेक सबै ठाउँमा सडक पुगिसकेकाले अहिले प्रत्येक क्षेत्रका सडकमा यातायातका साधनको घुईचो नै देखिन्छ ।

बैतडीमा चालू वर्षभित्र १४ सवारी साधन दूर्घटना भएर २४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । पछिल्लो समय जिल्लाको धेरै ठाउँमा कच्ची सडक पुगेको छ । निर्माण गरिएका कच्ची सडकहरु पनि राम्रोसँग ग्रेड मिलेका छैनन् । धेरै जसो सडकहरु प्राविधिबिना नै ईस्काभेटर चालककै भरमा पनि निर्माण गरिएका छन् ।

यसरी ग्रेड नमिलेका र स्काभेटर चालककै भरमा निर्माण गरिएका सडकमा यातायातका साधन गुडाउनाले पनि दूर्घटना बढेको दसरथचन्द नगरपालिका बैतडीका इन्जिनियर जयसिंह बोहराले बताए । आवश्यक्ता भन्दा पनि पहँुचको भरमा सडक निर्माणको लागि बजेट ल्याउने र व्यक्ति अनुकुल सडक निर्माण गर्नाले पनि सडक दूर्घटना बढेको देखिन्छ ।

  • 28
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here