Tuesday, April 20, 2021
गृहपृठ अन्य चैत २७ गतेदेखी अन्तर मा.वि स्तरिय भलिबल प्रतियोगिता हुने

चैत २७ गतेदेखी अन्तर मा.वि स्तरिय भलिबल प्रतियोगिता हुने

  • 77
    Shares

अत्तरिया – कैलालीको अत्तरियामा यही चैत २७ गतेदेखी अन्तर माध्यामिक बिधालय स्तरिय भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

padma hospital

आयोजक जनसाहारा मासिक पत्रिकाले आज अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै यही चैत २७ , २८ र २९ गते तिन दिन सम्म बिधालय स्तरिय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

गोदावरी नगरपालिका वडा नं २ उत्तर बनखेतमा रहेको सु.प मा.विको खेल मैदानमा हुने उक्त प्रतियोगितामा कैलाली कञ्चनपुरका ८ देखी १० बिधालयका टिमहरुले सहभागिता जनाउने खेल संयोजक गणेशनाथ योगीले जानकारी दिए ।

सो प्रतियोगिताको पहिलो हुने टिमले रु १० हजार , दृतिय हुने टिमले रु ५ हजार र तृतिय हुने टिमले नगद रु ३ हजार सहित ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । कैलाली कञ्चनपुरमा रहेको मा.वि स्तरका जुनसुकै बिधालयका बिधार्थीले पनि टिम बनाएर प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

यसमा सम्बन्धित बिधालयका २ जना शिक्षकहरुले पनि खेलमा सहभागिता जनाउन पाउने संयोजक योगीले बताए ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि रु १ हजार दर्ता शुक्ल तोकिएको आयोजक जनसाहारा मासिक पत्रिकाले जनाएको छ । अत्तरिया क्षेत्रमा कोरोनाका कारणले गर्दा लामो समयदेखी ठप्प रहेका खेलकुदका गतिबिधि बिस्तारै सुरु हुन थालेका छन् । प्रतियोगितामा सहभागिता जनाएर र खेल अबलोकन गरेर सहयोग गरिदिन संयोजक योगीले सबैमा आग्रह गरेका छन् ।

  • 77
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here