Tuesday, April 20, 2021
गृहपृठ अन्य पत्रकार डीआर पन्तलाई ह्रदयाघात, उपचारका लागि काठमाडौँ लगियो

पत्रकार डीआर पन्तलाई ह्रदयाघात, उपचारका लागि काठमाडौँ लगियो

  • 20
    Shares

धनगढीः पत्रकार डीआर पन्तलाई ह्रदयाघात (हार्ट अट्याक) भएको छ। नेपाल पत्रकार महासंघको निर्वाचनमा मतदान गर्न कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेका पन्तलाई ह्रदयाघात भएको हो। कान्तिपुर दैनिकका डडेल्धुरा संवाददाता समेत रहेका पन्तलाई सामान्य ह्रदयाघात भएको कान्तिपुर दैनिकका सुदूरपश्चिम ब्युरो प्रमु्ख चित्राङ्ग थापाले जानकारी दिए।

थापाकाअनुसार महेन्द्रनगरबाट उपचारका लागि धनगढी ल्याइएका पन्तलाई सेती प्रादेशिक अस्पतालले थप उपचारका लागि काठमाडौँ रेफर गरेको छ। “उहाँलाई माइनर हार्ट अट्याक भएको हो,” थापाले दिनेशखबरसँग भने, “अवस्था खतरामुक्त भएपनि पुनः दोहोरिने जोखिमका कारण डाक्टरले थप उपचारका लागि काठमाडौँ पठाएका हुन्।”

पन्तलाई नियमित हवाइ उडान मार्फत काठमाडौँ लगिएको हो।

  • 20
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here