Tuesday, April 20, 2021
गृहपृठ अन्य कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

  • 28
    Shares

धनगढी: कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजीनामा दिएका हुन्। राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक बसेको थियो। तीनजना मन्त्रीले राजीनामा दिएर नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन्।

नेकपा विभाजनपछि एमालेले यहीँ चैत ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्ये माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेको पत्र संसदलाई बुझाएको छ। अब प्रदेश सभामा ३९ जना सांसद छन्। यीमध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन्।

  • 28
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here