Tuesday, April 20, 2021
गृहपृठ अन्य सुदूरपश्चिममा कोरोनाबाट एक जना संक्रमितको मृत्यु

सुदूरपश्चिममा कोरोनाबाट एक जना संक्रमितको मृत्यु

  • 21
    Shares

धनगढी: सुदूरपश्चिम प्रदेशका कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । यस्तै महाकाली अस्पतालमा उपचारार्थ एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतको गुजरातबाट चैत २२ गते नेपाल आएका भीमदत्त नगरपालिका १५ का ४५ वर्षीय पुरुषको गएराति कोरोना संक्रमणबाट मृत्यु भएको स्थानीयले जनाएको छ।

चैत २२ गते स्वदेश फर्किएका उनलाई कोरोना संक्रमण देखा परेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने। भर्खरै कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएकोबारे खवर पाएको छु’ उनले भने, ‘अस्पताल जाँदै छु। त्यस पछि विस्तृत विवरण उपलब्ध गराउँछु।

मृत्यु भएका कोरोना संक्रमितको आज शव व्यवस्थापनको कार्य गरिने बताइएको छ। कोरोनाको दोश्रो संक्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो पटक एक जनाको मृत्यु भएको छ।

यस अघि कञ्चनपुरमा कोरोनाको संक्रमणका कारण १४ जनाले ज्यान गुमाएका थिए । हालसम्म कोरोनाको दोश्रो लहर फैलिए पछि एन्टिजेन विधिबाट एक हजार ९ सय ८० जनाको परिक्षण गरिएका मध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ ।

जस मध्ये १२ जना महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन्। मंगलवार मात्रै भीमदत्त नगरपालिका २ का दुई जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ।

  • 21
    Shares

ताजा समाचार

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारत - कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार...

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका...

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

काठमाण्डौ - प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको...

एकजना हतियार सहित पक्राउ

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here