Tuesday, May 11, 2021
गृहपृठ अन्य एकजना हतियार सहित पक्राउ

एकजना हतियार सहित पक्राउ

  • 16
    Shares

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम मन्सुरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए।

गएराति अस्थायी प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले मन्सुरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको छ।मन्सुरीका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

रोजा पर्व मनाउनका लागि ससुराली घर जुद्धगञ्जमा आएको बेलामा विशेष सुराकीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। मन्सुरीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रासस

 

  • 16
    Shares

ताजा समाचार

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे...

कञ्चनपुरमा व्यापारीहरूले मूल्यवृद्धि गरेको सुनेपछि स्थानीय प्रशासनद्धारा अनुगमन

कञ्चनपुर - जिल्लामा लकडाउनको मौका छोपी व्यापारीहरूले कालोबजारी शुरु गरेका छन् । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले लकडाउन गरेको मौकामा ग्रामीण क्षेत्रका व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पदबाट राजीना दिए

पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस...

गोदावरीकी उपप्रमुख कडायतलाई कोरोना संक्रमण पुष्टि

अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन देखी कोरोनाको लक्षण देखिएपछि घरमा बस्दै आएकी उनलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here