Tuesday, May 11, 2021
गृहपृठ अन्य कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

कुनै बेलापनि निर्वाचन हुन सक्छ , प्रधानमन्त्री ओली

  • 13
    Shares

काठमाण्डौ – प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटिको बैठकमा जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले  तयारी अवस्थामा रहन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन सुझाव सहित पास भएको छ । उक्त प्रतिबेदनमा सरकारका ३ वर्षे कामको समीक्षा उल्लेख गरिएको छ । जसमा तीन वर्षमा सरकारले महत्त्वपूर्ण काम गरेको दावी गरिएको छ । यस्तै सो प्रतिवेदनमा वर्तमाान राजनीतिक अवस्थाबारे व्याख्या गर्दै पार्टी एकीकरण केही व्यक्तिका कारण असफल भएको निश्कर्ष निकालिएको छ ।

त्यसैगरी उक्त प्रतिवेदनमा आगामी कार्यभारका रुपमा पार्टी संगठन विस्तार, विचार निर्माण र एमालेलाई देशको प्रमुख शक्तिका रुपमा स्थापित गर्ने तथा तीनै तहका सरकार सक्रिय बनाउने उल्लेख छ ।

  • 13
    Shares

ताजा समाचार

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे...

कञ्चनपुरमा व्यापारीहरूले मूल्यवृद्धि गरेको सुनेपछि स्थानीय प्रशासनद्धारा अनुगमन

कञ्चनपुर - जिल्लामा लकडाउनको मौका छोपी व्यापारीहरूले कालोबजारी शुरु गरेका छन् । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले लकडाउन गरेको मौकामा ग्रामीण क्षेत्रका व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पदबाट राजीना दिए

पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस...

गोदावरीकी उपप्रमुख कडायतलाई कोरोना संक्रमण पुष्टि

अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन देखी कोरोनाको लक्षण देखिएपछि घरमा बस्दै आएकी उनलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here