Tuesday, May 11, 2021
गृहपृठ अन्य पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि

  • 18
    Shares

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका उनीहरुले स्वाब परीक्षण गराएका थिए ।

उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका स्रोतले जनाएको छ ।पूर्वराजा ज्ञानेन्द्र भारतबाट स्वादेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुको ठूलो भीड लागेको थियो ।

मेलामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत कोरोना संक्रमण भएको थियो ।पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको मेलाको कार्यक्रममा आदित्यनाथ पनि सहभागी भएका थिए ।

  • 18
    Shares

ताजा समाचार

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे...

कञ्चनपुरमा व्यापारीहरूले मूल्यवृद्धि गरेको सुनेपछि स्थानीय प्रशासनद्धारा अनुगमन

कञ्चनपुर - जिल्लामा लकडाउनको मौका छोपी व्यापारीहरूले कालोबजारी शुरु गरेका छन् । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले लकडाउन गरेको मौकामा ग्रामीण क्षेत्रका व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पदबाट राजीना दिए

पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस...

गोदावरीकी उपप्रमुख कडायतलाई कोरोना संक्रमण पुष्टि

अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन देखी कोरोनाको लक्षण देखिएपछि घरमा बस्दै आएकी उनलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here