Tuesday, May 11, 2021
गृहपृठ अन्य भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख पुग्यो

  • 9
    Shares

भारत – कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म एक करोड ५३ लाख २१ हजार ८९ जना कोरोना सङ्क्रमित भएका छन् ।भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ५९ हजार १७० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ७६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको मङ्गलबार जनाइएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या १ लाख ८० हजार ५३० पुगेको देखिएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २० लाख ३१ हजार भन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन् ।योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या एक करोड ३१ लाख ८ हजार ५८२ पुगेको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ७० भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा सोमबार मात्रै १५ लाख १९ हजार ४८६ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २० सम्म कूल २६ करोड ९४ लाखभन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका १६१ जनाको मृत्यु भएको छ।रासस

  • 9
    Shares

ताजा समाचार

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे...

कञ्चनपुरमा व्यापारीहरूले मूल्यवृद्धि गरेको सुनेपछि स्थानीय प्रशासनद्धारा अनुगमन

कञ्चनपुर - जिल्लामा लकडाउनको मौका छोपी व्यापारीहरूले कालोबजारी शुरु गरेका छन् । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले लकडाउन गरेको मौकामा ग्रामीण क्षेत्रका व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पदबाट राजीना दिए

पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस...

गोदावरीकी उपप्रमुख कडायतलाई कोरोना संक्रमण पुष्टि

अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन देखी कोरोनाको लक्षण देखिएपछि घरमा बस्दै आएकी उनलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here