Thursday, July 29, 2021
गृहपृठ अन्य स्याउले पार्क संरक्षणको अभावले अलपत्र

स्याउले पार्क संरक्षणको अभावले अलपत्र

  • 171
    Shares

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मा निर्माण गरिएको स्याउले पार्क अलपत्र परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थीक वर्ष २०७५ ÷७६ मा करिब ४ लाखको लगानीमा निर्माण गरिएको उक्त पार्क सरंक्षणको अभावका कारणले यतिबेला अलपत्र परेको हो ।

२ वर्ष अघि स्याउले बजारको उत्तर पट्टी सुर्योदय सामुदायिकबनको करिब ५ विधा जग्गामा पार्क निर्माण गरिएको भएपनि सञ्चालनमा नआँउदै अलपत्र परेको स्थानियहरुले बताएका छन् ।

https://www.godawarinews.com/

पार्क निर्माण भएपछि सो भित्र क्यारी बनाइए सगैं ३ सय बोटबिरुवा पनि रोपिएका थिए । यद्धपी अहिले सो ठाँउमा जंगल भित्रको झाडी जस्तै देखिएको छ ।

पार्कको संरक्षणका लागी वरीपरी गरिएको तारवार अस्तब्यस्त हुदाँ केही स्थानीयले पार्क भित्रै गाइ , बाख्रा समेत चराउने गरेका छन् ।

जसले गर्दा पार्क निर्माणमा गरिएको लगानी बालुवामा पानी जस्तै भएको छ । कुनै ठोस योजना विना जगंलको घाँसमात्रै फडानी गरेर पैसा सिद्दयाएको स्थानियको आरोप छ ।

स्याउले बासीको मनोरञ्जन संगै सबैको सहजताका लागि पार्क निर्माण गरिएपनि सरंक्षणको दीर्घकालीन योजना नहुँदा समस्या भएको वडा नम्बर ८ का वडा अध्यक्ष नरेस अधिकारीले बताए ।

पार्क सरंक्षणमा उचित प्रकारको घेरबार नहुँदा छाडा पसु चौपायाले समेत चुनौति थपेको उनको भनाई छ । आगामी वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममा सो योजना पुर्ण गरी ब्यबस्थित गरिने वडा अध्यक्ष अधिकारीको भनाई छ ।

  • 171
    Shares

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here