Thursday, July 29, 2021
गृहपृठ अन्य सामाजिक संजालमा आफ्नो चरित्र हत्या गरेको भन्दै प्रहरी र पत्रकार महासंघमा उजुरी

सामाजिक संजालमा आफ्नो चरित्र हत्या गरेको भन्दै प्रहरी र पत्रकार महासंघमा उजुरी

  • 2
    Shares

अत्तरिया , कैलालीको अत्तरियामा रहेको गोदावरी पत्रकार मञ्चका पदाधिकारीहरुले सामाजिक संजालमा आफ्नो चरित्र हत्या भएको भन्दै प्रहरी कार्यालय र पत्रकार महासंघमा उजुरी दिएका छन् ।

गोदावरी पत्रकार मञ्चका प्रबक्ता प्रेम सिं बिष्ट र सचिब नरेश नाथ योगीले आफूहरु माथि तथ्यहिन आरोप लगाउदै सामाजिक संजाल फेसबुकमा स्टाटस हालेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल पत्रकार महासंघ कैलालीमा उजुरी गरेका हुन् ।

उनीहरुले असार अन्तिममा पहाडी जिल्लावाट यस्तो गरेको उस्तो गरेको भनि पैसा अशुल्न थालेको भन्दै आफ्नो फोटो हालेर डबल ब्रो नामक फेसबुक म्यासेन्जरवाट स्टाटस आएकाले उक्त बिषयमा आफूहरुको कुनै संलनता नरहेको स्पष्ट पारेका छन् । साथै उनीहरुले आफ्नो चरित्रा हत्या गर्ने र बिना प्रमाण आरोप लगाउन सामाजिक संजालको दुरुपयोग गरेर स्टाटस हाल्नेका बिषयमा तथ्य सत्य छानबिन गरि कानुन बमोजिक कारबाही गर्न अपिल गरेका छन् ।

यस बिषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको र सत्य तथ्य खोधी गरिने पत्रकार महासंघका कैलाली अध्यक्ष हिमाल जोशीले बताएका छन् ।

  • 2
    Shares

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here