Thursday, July 29, 2021
गृहपृठ अन्य बझाङमा सामाजिक सुरक्षा भत्ता रकम वडा सचिवको कोठाबाटै गायब

बझाङमा सामाजिक सुरक्षा भत्ता रकम वडा सचिवको कोठाबाटै गायब

  • 260
    Shares

बझाङ – जिल्लाको बुङ्गल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बापतको रकम गायब भएको पाइएको छ । बुङ्गल नगरपालिका वडा न ९ र ११ को सामाजिक सुरक्षा भत्ता बापतको रकम वडा सचिवको कोठाबाटै गायब भएको पाइएको हो ।

नगरपालिकाको वडानम्बर ९ र ११ को कार्यालय सचिवको जिम्मेवारी सम्हालेका सचिव वपिन्द्र महतोको कोठाबाट नगरपालिकाको ९ र ११ नम्बर वडामा वितरण गर्नको लागि राखिएको ३९ लाख रकम २९ गते राति चोरी भएको हो ।

वडा सदस्य धनवीर बोहराको घरमा भाँडामा बस्दै आएका र पैसा पनि सोही घरको कोठाबाट चोरी भएको भन्दै वडा सचिवले प्रहरीमा निवेदन दिएका छन् । घटनाको प्रवृत्ति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोड गर्ने लगायतको कुनै पनि क्रियाकलाप नभएको पाइएको छ ।

पैसा राखिएको दराज समेत तोडफोड नभएको हुँदा घटना शंकास्पद देखिएको स्थानियले बताएका छन् ।

वडा सचिव महतोसहित घरबेटीलाई सोधपुछका लागि नियन्त्रणमा लिएर प्रहरी अस्थाइ पोस्ट पुतलिलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्र सिह कार्कीले बताए।

  • 260
    Shares

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here