Thursday, July 29, 2021
गृहपृठ अन्य गोदावरी नगरपालिकाद्वारा कोरोनाबाट ज्यान गुमाएका परिवारलाई १० हजार आर्थिक सहयोग

गोदावरी नगरपालिकाद्वारा कोरोनाबाट ज्यान गुमाएका परिवारलाई १० हजार आर्थिक सहयोग

अत्तरिया –  गोदावरी नगरपालिकाले कोरोना माहामारीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । बिहिबार १० हजार रुपैयाँका दरले १० जनालाई रकम हस्तान्तरण गरेको हो ।

नगरपालिकाले कोरोनाबाट ज्यान गुमाएका आफन्तका सदस्यहरुलाई नगरपालिकामा बोलाएर उक्त रकम नगरपालिकाका नगर प्रमुख हरिसिंह साउँदले हस्तान्तरण गरेका हुन ।

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई थोरै भएपनी राहत होस् भनेर आर्थीक सहयोग गरिएको उनले बताए । मेयर साउँदले नगरपालिकाको स्रोत साधनले भ्याएसम्म सहयोग गरिएको बताए ।

गोदावरीमा कोरोनाका कारण हाल सम्म ४४ जनाको निधन भएको स्वास्थ्य शाखा प्रमुख विरबहादुर कुँवरले जानकारी दिए ।

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here