Thursday, July 29, 2021
गृहपृठ अन्य मन्त्री पद प्राप्त गर्न कुनै नेताको घरमा गएको छैर्नौ : पूर्वमन्त्री...

मन्त्री पद प्राप्त गर्न कुनै नेताको घरमा गएको छैर्नौ : पूर्वमन्त्री प्रेम आले

  • 178
    Shares

धनगढी –पुर्बमन्त्री प्रेम आलेले मन्त्री पद प्राप्त गर्न  कुनै शक्ति केन्द्र वा नेताको घरमा नगएको प्रष्ट परेका छन् । आफ्नो फेसबुक सामाजिक सन्जालमा बिहीवार स्ट्याटस लेख्दै उनले संचार माध्यममा आएका कुराहरुमा सत्यता नभएको दाबी गरेका छन् ।

उनले लेखेका छन् – ‘केही हप्तादेखी मेरो ढाडको नसा च्यापिएर Blue Lotus Hospital त्रिपुरेस्वर, काठमाडौमा फिजियोथेरापी गरि आफ्नो घरमा आराम गरिरहेको अबस्थामा मेरो नाम जोडेर केही सन्चार माध्यमले मन्त्री हुनका लागि बुढानिलकण्ठ देखि माधब नेपाल गुटमा लाग्ने तयारी गरेको समाचार सम्प्रेषण गरेको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म मन्त्री पद प्राप्त गर्न  कुनै शक्ति केन्द्र वा नेताको घरमा गएको छैन तर नेकपा (एमाले)को एकताले मात्र नेपालको राष्ट्रियता, लोकतान्त्रिक तथा बामपंथी आन्दोलनको रक्षा गर्न सकिन्छ भन्ने मेरो दृढ़ मान्यता छ। यसरी केहि संचार माध्यम तथा संचारकर्मीहरुले  मेरो प्रतिक्रिया नै नलिइ भ्रामक र कपोलकल्पित  समाचार सम्प्रेषण गरेकोले सत्य र तथ्यपरक समाचार सम्प्रेषण गरिदिन हुन सम्बन्धित संचार माध्यमलाइ समेत अनुरोध गर्दछु ।

मन्त्री आलेले देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भेटेर आफूलगायतका आठ जना सांसदले  ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिने र त्यसका लागि आफूलाई मन्त्री बनाउन पर्ने सर्त राखेको समाचार बाहिरिएको थियो ।

 

  • 178
    Shares

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here