Thursday, July 29, 2021
गृहपृठ अन्य अस्पतालको एम्बुलेन्स बाटोमै अलपत्र

अस्पतालको एम्बुलेन्स बाटोमै अलपत्र

डोटी – जिल्ला अस्पतालको एम्बुलेन्स बाटोमै अलपत्र अवस्थामा परेको छ । जिल्ला अस्पतालमा कार्यरत एक कर्मचारी बिरामी भएपछि असार २५ गते थप उपचारका लागि धनगढी लैजाने क्रममा उक्त एम्बुलेन्स डडेल्धुराको साहुखर्क भन्ने स्थानमा बिग्रिएको थियो । एम्बुलेन्स बिग्रेपछि चालकले निजी कार बोलाएर बिरामीलाई धनगढी पु¥याएका थिए ।

चालक डम्बर पाली बिरामीलाई धनगढी पु¥याएर डोटी पुगिसकेका छन् तर एम्बुलेन्स बाटोमै अलपत्र अवस्थामा छ । चालक पालीले एम्बुलेन्सको क्राउन बिग्रेका कारण थन्किएको र मर्मतको कारण भने थाहा नभएको बताए ।

अब दुई–तीन दिनमा मर्मतका लागि जाने उनले बताए । नेपाल भारत मैत्री संघले उपलव्ध गराएको से १ झ २१० नम्बरको उक्त एम्बुलेन्स थन्किँदा पनि सम्बन्धित निकायले मर्मतका लागि पहल गरेको छैन । बेवारिसे अवस्थामा छोडिएको एम्बुलेन्सका अन्य पाटपूर्जा पनि चोरी हुन सक्ने स्थानीय बताउँछन् ।
 

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here