Thursday, July 29, 2021
गृहपृठ अन्य आले पर्यटनमन्त्री माग्दै

आले पर्यटनमन्त्री माग्दै

धनगढी, केपी शर्मा ओलीको साथ छाडेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसद प्रेम आलेको पर्यटनमन्त्रीमा चर्चा सुरू भएको छ।

देउवाको पक्षमा आफूसहित एमालेका ८ जना सांसदलाई मत दिन लगाएका आलेले देउवा सरकारमा पर्यटन मन्त्री मागेको चर्चा सुरू भएको हो। तत्कालीन प्रधानमन्त्री केपी ओलीले वन मन्त्रीबाट आलेलाई हटाएर नारदमुनि रानालाई वन मन्त्री बताएपछि आले केपी ओलीसँग रुष्ट थिए।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि देउवा निवास पुगेर आलेले फ्लोर क्रस गरेर भए पनि ओली पक्षका ८ जनालाई पक्षमा मतदान गर्न लगाउने र त्यसका लागि मन्त्री बनाउन पर्ने धारणा आलेले राखेको पनि स्रोतले बताएको थियो। आइतबार ओली पक्षका ८ जनाले नै देउवाको पक्षमा मतदान गरेपछि आले मन्त्री हुने चर्चा सुरु भएको हो। आलेले पर्यटन मन्त्री मागेपछि देउवाले यसबारे माधव नेपालसँग कुरा मिलाउन आग्रह गरेको स्रोतले बतायो। केपी ओलीको मन्त्रिमण्डलमा आले वनमन्त्री थिए।

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here