Thursday, July 29, 2021
गृहपृठ अन्य पछिल्लो २४ घण्टामा देशभर २,८३८ जनामा कोरोना संक्रमण पुष्टि,३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २,८३८ जनामा कोरोना संक्रमण पुष्टि,३० जनाको मृत्यु

  • 35
    Shares

काठमाडौं –  पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६१६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो।https://www.godawarinews.com/

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७१५ जना पिअिसार परीक्षण गर्दा एक हजार ९१८ र तीन हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २४ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३६ हजार ४०२ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर एक हजार ४७५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ६३६जना संक्रमितको मृत्यु भइसकेको छ।

  • 35
    Shares

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here