Friday, September 17, 2021
गृहपृठ अन्य कैलालीको मालाखेतीवाटै मुद्धा चलाउन सुरु,४ वटा मुद्दा दर्ता

कैलालीको मालाखेतीवाटै मुद्धा चलाउन सुरु,४ वटा मुद्दा दर्ता

अत्तरिया – कैलालीको मालाखेतीवाटै मुद्धा चलाउन सुरु गरिएको छ । प्रहरी नायब उपरीक्षक डिएसपी प्रेम बहादुर शाहीको कमाण्ड रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरियावाटै मुद्धा चलाउन सुरु गरेको हो ।

नयाँ आर्थिक बर्ष २०७८÷०७९ को पहिलो दिन साउन १ गतेदेखी अत्तरियावाटै मुद्धा चलाउन सुरु गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिए ।

गोदावरी नगरपालिकालाई सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएपछि यहाँको सुरक्षा ब्यबस्था चुस्त दुरुस्त राख्न पिडितहरुलाई छिटो छरितो न्याय दिनका लागि अत्तरियवाट नै मुद्धा चालउन सुरु गरिएको उनले बताए ।

मुद्धा चल्न सुरु भएको ६ दिनको अबधिमा ४ वटा मुद्धा दर्ता भएका छन् । मुद्धा चलाउन अनुमती पाएको साउन १ गते देखी ६ गते सम्ममा ४ वटा मुद्धा दर्ता भएर अनुसान्धान भैरहेको डिएसपी शाहीले बताए ।

४ वटा मुद्धामा २ सार्वजनिक र २ लागूऔषध सम्बन्धि रहेको उनले बताए । मुद्धा चल्न थालेपछि यसका लागि आवश्यक जनशक्ति र सवारीसाधन पनि थप गरिएको उनले बताए ।

अहिले मुद्धाको अनुसन्धानका लागि छुट्टै जनशक्ति आएको र नयाँ थप जनशक्ति पनि आइरहेको छन् । यसैगरि यस अघि ईप्रका मालाखेतीसंग एउटा मात्रै गाडी रहेको अहिले एउटा गाडी थप गरिएको छ । यसैगरि थुनुवाहरु राख्नका लागि महिलाहरुको लागि छुट्टै थुनुवा कक्षा बनाइएको छ ।

यस अघि ईलाका प्रहरी कार्यालय मालाखेतीको कमाण्ड प्रहरी निरिक्षकले समाल्दै आएपनि विगत २ बर्षदेखी प्रहरी नायब उपरीक्षक डिएसपीले समालिरहेका छन् ।

प्रदेशको राजधानी तोकिएपछि अपराधिक कृयकलापहरु बढ्न सक्ने भन्दै अत्तरियाबासीहरुले ईप्रका मालाखेतीमा डिएसपीको दरबन्दीमा यतैवाट मुद्धा चलाउन माग गर्दै आएका थिए ।

अन्तत अत्तरियावाटै मुद्धा चल्ने थालेपछि बिभिन्न घटनामा पिडितहरुले जिल्ला धाइरहनुपर्ने बाध्याताको अन्त्य भएको भन्दै खुसी ब्यक्त गरेका छन् ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...