Thursday, July 29, 2021
गृहपृठ अन्य नेकपा एमालेका दुवै समूहका सांसदहरुले थाले एकता अभियान

नेकपा एमालेका दुवै समूहका सांसदहरुले थाले एकता अभियान

काठमाडौं , नेकपा एमालेका दुवै समूहका सांसदहरूले पार्टी एकता अभियान शुरु गरेका छन् । सिंहदरबारमा बसेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले एकता दबाब अभियान शुरु गरेका हुन् । विभाजन रोक्न संयुक्त अभियान चलाउने दुवै समूहका सांसदहरू सहमत भएका छन् । यो अभियानमा ओली तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् ।

नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् । ‘एकता जोगाउन शुरु भएको यो अभियानलाई सशक्त बनाउँछौं । एकता दबाब अभियानमा साथ दिन संयुक्त अपील गर्दैछौं,’ सुनुवारले भने ।

एकता आह्वानको अपील तयार पार्ने बाँकी सांसदहरुको हस्ताक्षर संकलन लगायतबारे मस्यौदा तयार पार्ने जिम्मा दीपक भट्ट र सूर्य पाठकलाई दिइएको छ । यो अभियानलाई विस्तार गर्दै एमाले एकता जोगाउन गठित कार्यदलका सदस्यहरुसँग अन्तरक्रिया गरिने सुनुवारले बताए ।

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here