Thursday, July 29, 2021
गृहपृठ अन्य दाङबाट ९ किलो चरेससहित दुई जना पक्राउ

दाङबाट ९ किलो चरेससहित दुई जना पक्राउ

  • 148
    Shares

दाङ– दाङमा ९ किलोभन्दा बढी चरेससहित दुई जना पक्राउ परेका छन् ।बागलुङ निसिखोला गाउँपालिका वडा नम्बर १ निवासी २१ वर्षीय सुदिप सिजाली मगर र बागलुङ बरिगाड गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय रेमबहादुर भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।

गढवा गाउँपालिका वडा नम्बर १ धानखोलास्थित हुम्ला रनिङ होटलमा लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा होटलमा प्रहरीले छापा मारेको थियो र ९ किलो ९३० ग्रामको लागुऔषध चरेस बरामद गरिएको हो। प्रहरीले लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।

  • 148
    Shares

ताजा समाचार

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ - नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका...

लागुऔषध मुद्धाकी फरार प्रतिवादी पक्राउ

कञ्चनपुर - जिल्लामा प्रहरीले लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ -  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ। बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि...

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here