Friday, September 17, 2021
गृहपृठ अन्तर्राष्ट्रिय ३० हजार मेट्रिकटन चिनी नेपाल सरकारले आयात गर्ने

३० हजार मेट्रिकटन चिनी नेपाल सरकारले आयात गर्ने

काठमाडौं , सरकारले भन्सार सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्ने भएको छ । ठूला चाडपर्वलाई लक्षित गर्दै ३० हजार मेट्रिकटन चिनी खरिदको लागि अर्थ मन्त्रालयसँग सहमति मागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

अर्थको सहमति मन्त्रिपरिषद्बाट निर्णय गराएर साल्ट ट्रेडिङ वा खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी आयातको अनुमति दिइने मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

‘अर्थसँग ३० हजार मेट्रिकटन चिनी खरिदका लागि सहमति मागेको छौं, उसले अनुमति दिएपछि प्रक्रिया बढ्छ,’ सहप्रवक्ता केसीले भनिन् ।

बजारमा प्रतिकिलो एक सय रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको मन्त्रालयले जनाएको छ । बजार भाउ नियन्त्रणमा राख्न र मुख्य चाडपर्वमा हुने अभाव रोक्न सहुलियतको चिनी खरिद गर्न लागिएको मन्त्रालयको भनाइ छ ।

अघिल्लो वर्ष पनि सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी खरिद गरेको थियो । तर, निजी चिनी उत्पादकले भने यो वर्ष चिनीको उत्पादन राम्रो हुने भएकाले आयात जरुरी नभएको बताएका छन् ।

चिनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवाल १२ वटा उद्योग पूर्ण रुपमा सञ्चालनमा रहेको र यो वर्ष दुई लाख मेट्रिकटन चिनी उत्पादन हुने दावी गर्छन् ।

‘गत वर्षभन्दा यो पटक ८० हजार मेट्रिकटन बढी चिनी उत्पादन हुन्छ  आयात गर्नु पर्दैन,’ अग्रवालले भने । निजी चिनी उत्पादकका अनुसार नेपालमा वाषिर्क साढे दुई लाख मेट्रिकटन चिनीको खपत हुने गरेको छ । अनलाईनखबरबाट साभार

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...