Friday, September 17, 2021
गृहपृठ अन्य भजनीमा बलात्कारको आरोपमा वडा सचिव पक्राउ

भजनीमा बलात्कारको आरोपमा वडा सचिव पक्राउ

अत्तरिया, भजनी नगरपालिका वडा नम्बर ४ का वडासचिव बलात्कार आरोपमा पक्राउ परेका छन् । प्रहरीले वडा सचिव सुमनकुमार चौधरीलाई एक स्थानीय महिलाको बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीमा एक महिलाले आफूलाई बलात्कार गरेको आरोपमा असार १८ गते उजुरी दर्ता गरेकी थिइन् । जिल्ला प्रहरीको आदेशमा वडा सचिव चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । उनलाई जिल्ला चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रतिक विष्टले बताए ।

वडाध्यक्ष जन्ताराम चौधरीले वडा सचिव र उक्त महिला बीच पुरानो सम्बन्ध रहेको बताए । सम्बन्ध बिग्रिएपछि बलात्कारको आरोप लगाई वडासचिव चौधरीलाई फसाउन बलात्कारको आरोप लगाएका हुन सक्ने उनले बताए । महिलाले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो । घटनाको बारेमा अनुसन्धानपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...