Friday, September 17, 2021
गृहपृठ अन्य ओली पक्षिय सांसद नारदमुनी राना माथि बरिष्ट नेता नेपाल आक्राेशित

ओली पक्षिय सांसद नारदमुनी राना माथि बरिष्ट नेता नेपाल आक्राेशित

काठमाडौँ — नेकपा एमालेको विवाद संसदीय समितिमा समेत देखिएको छ । संसद् पुनःस्थापनापछि पहिलोपटक आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका दुई पक्षबीच भनाभन भएको छ । बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत ले संसद् पुनर्जीवित भएको भन्दै खुसी व्यक्त गरेका थिए ।
नेता नेपाललगायत बोलेको केही समयपछि बैठकमा एमाले अध्यक्ष ओलीपक्षका सांसद नारदमुनि राना प्रवेश गरे । उनले आफ्नो बोल्ने पालो आएपछि नेता नेपालप्रति कटाक्ष गर्न थाले । उनले संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको बताए । उनले संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मति लिइरहेका बेला कहाँ थिए भनी प्रश्न गरे ।

उनी थप्दै गए, ‘आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा गएर सुत्ने अनि संसद् चाहिन्छ भन्ने ? यो संसद् अदालतले ल्याएको हो, जनताले होइन । वरिष्ठ नेताहरूले जिम्मेवारी लिनुपर्छ ।’

त्यसपछि  आक्रोशित हुँदै नेता नेपाल र सांसद दिपक प्रकाश भट्टले ‘प्रतिगमनका मतियारहरू बाहिर जानुस्’ भने । प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी भनेको भन्दै नेपाल र भट्टलगायत कांग्रेसका सांसदहरू पनि सांसद रानामाथि खनिए ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...