Friday, September 17, 2021
गृहपृठ अन्य गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

गर्मी छल्न बुडरको छतिवन झरना सबैको रोजाईमा

अत्तरिया : सुदूरपश्चिमका दुई वटा तराईका जिल्लाको गर्मी छल्न यहाँका स्थानीय डोटी पुग्ने गरेका छन् । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी दुई जिल्लामा चैत देखि भाद्र सम्म अत्याधिक गर्मी हुने गरेको छ । कैलालीको सीमानामा नै रहेको डोटीको जोरायल गाउँपालिका २ छतिवनमा रहेको झरना हेर्न दैनिक सयौ आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्य हेर्न त्यहाँ पुग्ने गरेका हुन् ।
पछिल्लो समय झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । धनगढी देखि भिमदत्त राजमार्ग हुँदै बुडरसम्म र त्यहाँबाट बुडर–जोरायल सडक हुँदै झरना पुग्न ९६ किलोमीटर यात्रा गर्नुपर्छ । कैलाली र कञ्चनपुरबाट परिवार सहि झरना पुग्नेहरुको संख्या धेरै हुन्छ ।
गर्मी सिजनको समयमा तराइको उखरमाउलो गर्मि छल्न पहाड उक्लिनेहरु बुडरको यो झरना नपुगि फर्किदैनन् । जिल्लाभित्रकै मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउने गरेका छन् । कोभिड–१९ जोखिम घटेसँगै अहिले सो झरनामा रमाउन तथा अवलोकनका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्दै जान थालेको स्थानीयको भनाई छ । नाम मात्रै सुनेका र झरनाको तस्वीर मात्रै देखेका नागरिक पनि अहिले यो झरनासम्म पुग्ने गरेका छन् । कैलालीको धनगढी, अत्तरिया तथा कञ्चनपुर बाट करिब तीन–चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी पुग्ने गरेका छन् ।

झरनाले पर्यटन प्रबद्र्धनमा निकै भूमिका खेले पनि भौतिक पूर्वाधार लगायतको विकासमा कमि हुँदा समस्या हुने गरेका धनगढीका दिपक उपाध्यायले बताए । प्रदेशको अस्थायी मुकाम धनगढी लगायतका क्षेत्रबाट सयौको संख्यामा स्थानीयहरु उक्त झरना हेर्न आउने गरेको स्थानीय हरि भट्टले बताए । ‘अहिले सो झरना हेर्न डोटी, डडेल्धुरा , बैतडी, कैलाली, कंचनपुर लगायत बाँके र बर्दियाबाट समेत मानिसहरु आउने गरेको छन्’, उनले भने । ‘टिकटक मात्र बनाउन उदेश्यले पनि यहाँ आउने गरेका छन् ।’

धनगढी उपमहानगरपालिका–२ बाट परिवार सहित झरना हेर्न आएका रमेश अवस्थिले बाटो केही असहज भए पनि झरनामा पुगेपछि सबै बिर्सेको अनुभव सुनाए । उनले स्थानीय पालिकाले बाटोघाटो र सरसफाइमा ध्यान दिए पर्यटकहरुको अझ बढी पुग्ने बताए । त्यस्तै कैलालीकै टिकापुर देखि मोटरसाइकलमा साथीहरू संगै आएका टेक साउदले झरनाको बारेमा सुनेकाले साथीहरू मिलेर आएको बताए । उनले तराइको गर्मी छल्न र रमाइलो गर्न यहाँ आएको सुनाए ।

झरना पर्ने स्थानीय सरकार जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले डिपिआर तयार भैसकेको बताउदै यहि आर्थिक बर्ष देखि झरना सम्म पुग्ने बाटो, पिकनिक स्पोट, पार्किङ स्थल लगायत कामहरुको निर्माण थालिने दावी गरे । डोटी मात्र होइन् पछिल्ला वर्षहरूमा कैलालीको पहाडी क्षेत्र खानीडाँडा गर्मी छल्ने रोजाइको गन्तव्य बनेको छ । गर्मी सिजन सुरु हुनेबित्तिकै भरिभराउ हुने यहाँका होटल, कटेजहरूमा शुक्र र शनिबारका दिन त बास पाउनै मुस्किल हुने गर्छ ।

पछिल्लो समय होटल व्यवसाय र अन्य पूर्वाधार विकासमा लगानी बढेसँगै गर्मी सिजनमा रोजाइको गन्तव्य बनेको हो । खानीडाँडामा हाल ७० भन्दा बढी होटल सञ्चालनमा रहेको यस क्षेत्रको चुरे गाउँपालिका–५ का वडाध्यक्ष नरबहादुर तामाङले बताए । गर्मी छल्नकै लागि खानीडाँडामा पिकनिक मनाउन जानेहरूको संख्या पनि बाक्लै हुन्छ । यहाँ राजमार्ग छेवैमा व्यवस्थित पिकनिकस्थल निर्माण गरिएको छ । धनगढी महेन्द्रनगबाट पिकनिक मनाउन जानेहरू अधिकांश सोही स्थानमा रमाउने गर्छन । गत साता धनगढीस्थित सुदूरपश्चिमाञ्चाल क्याम्पसको टोली बस रिजर्ब गरेर खानीडाँडामा पिकनिक मनाउन गरेका छन् ।

 

 

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...