Friday, September 17, 2021
गृहपृठ अन्य शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई...

शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाण्डौ –  संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा–१२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ।

बुधबार संसदीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग भएको छलफलमा समितिले चार लाख विद्यार्थीलाई परीक्षा दिनुअघि खोप दिन पहल गर्न सरकारलाई समितिले सुझाव दिएको हो ।

समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिए।

उनका अनुसार बढी विद्यार्थी भएका विद्यालयमा बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न पनि समितिले सुझाव दिएको छ। कोरोनाले रोकिएको १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...