Friday, September 17, 2021
गृहपृठ अन्य पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डौ – नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।

सर्वोच्चले परमादेशमार्फत सांसदपद पुनर्स्थापना गरिदिनुपर्ने माग गरिएको नेता टोपबहादुर रायमाझीर्ले  जानकारी दिनुभयो । माओवादीले गैरकानुनी रूपमा हटाएको र सर्वोच्चले एमालेको दशौँ महाधिवेशन कमिटी भङ्ग गरिदिएकाले आफूहरू पार्टीविहीन अवस्थामा रहेको नेता रायमाझीको गुनासो छ ।

 

https://www.godawarinews.com/

सर्वोच्चले कर्णाली प्रदेशका सांसदलाई पुनर्स्थापना गरिदिएकाले आफूहरूको पनि पद बिउँताउनुपर्ने रायमाझीले बताउनुभयो । माओवादी केन्द्रले आफूहरूलाई दल त्याग गरेको आधारमा कारबाही गरे पनि आफूहरूले दल त्याढग नगरेको चार नेताले जिकिर गरेका छन् ।

कारबाही गर्दा आफूहरूलाई सफाइको मौका पनि नदिइएकाले कारबाही बदर गर्न लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माग गर्नुभएको छ । यो रिटको पेसी भोलि बिहीवारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...