Friday, September 17, 2021
गृहपृठ अन्य व्यापारीहरुका सडकमै गाेदाम , नगर-प्रहरी नगरपालिका केन्द्रित

व्यापारीहरुका सडकमै गाेदाम , नगर-प्रहरी नगरपालिका केन्द्रित

अत्तरिया , कैलालीको गोदावरी नगरपालिकामा पर्ने अत्तरिया बजारका सडक छेउका पेटीहरु व्यापारीहरुको गोदाम बन्ने रहेका पाईएको छ । सडकका पेटीहरु अहिले व्यापारीहरुको आँगनमा सिमित हुँदै गएका छन् । सडककै पेटिमै गोदाम बनाएर व्यापार गर्नु कतिको उचित मानिन्छ । सरकारले करिब सडककाे पेटिबाट ३/४ मिटर कुनै पनि संरचना बनाउने भनेकाे छ । तर यता भने सडककै पेटीमा निर्धक्क व्यापार गरेकाे देखिन्छ ।

दिनहुँ सयौँको संख्यामा चल्ने सवारी साधन ,बजारमा किनमेल गर्न आउने ग्राहकहरुलाई आवत जावतमा समस्यासंगै बजार अव्यवस्थित हुने गरिको देखिन्छ। सडकमै गोदाम राखेर व्यापार गर्दा साना सवारी सहजै आवत जावत गर्ने नसक्ने सिर्जना भएको छ ।

‘प्रत्यक्ष एंव अप्रत्यक्ष रुपमा स्थानिय व्यापारीहरुको दादागीरी शैलिका कारण समस्या आएको स्थानिय कैलाश  जोशी बताउ छन् ।’ उनले भने, ‘व्यापार गर्ने थलो सडक बन्न हुँदैन ।’ दिनभर बजारमा किनमेल गर्न आउने उपभोक्ताहरु समेत सहज रुपमा सडक छेउमा हिड्न नपाउनु लज्जाको विषय भएको उनले बताए । दिनहुँ प्रहरी तथा जनप्रतिनिधिहरुले आँखै अगाडी देखेको समस्या हटाउन भने उनिहरुको ध्यान जान सकेको छैन् उनिहरु प्रत्यक्ष रुपमा मुखदर्शक बनि रहेको जोशीले बताएका छन् ।

२/३ वर्ष अघिबाटै सडकमा रहेका ठेलाछाप्रा हटाउने अव्यवस्थित व्यापारीहरुलाई उचित व्यवस्थापन गर्ने लगायतका बिषयमा नगरपालिकाले प्रतिवद्धता जनाएका उनिहरुले हालसम्म कार्यान्वयन नगरेको स्थानियहरुले गुनासो गर्ने गरेका छन् ।त्यसैमा बजार क्षेत्रको साँघुरो सडकमै पार्किङ्ग र अत्तरिया चोक निर्माण नहुदाँ धुलो माटाेले हामीहरु हैरानी बेहनुपरेको स्थानिय सुरेन्द्र धामीले बताए । ‘एक जनाको हितको लागि पुरा व्यापारीले दुःख पाउनु हुँदैन ।’ धामीले भने ‘प्रहरी प्रशासन, स्थानीय सरकारले देखेर पनि नदेखेझै गर्नु दुखद् भएको उनले बताए ।’

नगरपालिकाले नगर क्षेत्रभित्रका बजारको सुरिक्षाका लागि नगरप्रहरी राखेको छ । उनिहरुकाे डिप्टी नगरपालिका केन्द्रित रहेकाे अर्का स्थानीय भरत देउवा बताउ छन् ।नगर प्रहरीकाे काम के गर्ने हाे । यसैमा हामीहरु अन्या‌ैल रहेका उनकाे भनाइ छ । अब नगरपालिकाले नगर प्रहरीकाे व्यवस्थापन गराै । अब बजार क्षेत्रका अव्यवस्थित ठेला व्यापारी अव्यवस्थित व्यापार लगायतका बिषयमा नगर प्रहरीहरुले अहम भुमिकाले छ । भने बिषयमा विश्वसनीय थिए ।तर उहाँहरुकाे कार्य सन्ताेशजन नरहेको उनी बताउँछन् । यसमा नगरपालिकाकाले ध्यान दिनु जरुरी रहेको छ । बजार क्षेत्रकाे समस्यालाई समाधान गरि दुर्घटना न्युनिकरणमा लाग्नु देखिन्छ ।

सुदूरपश्चिम प्रदेशकै महत्वपूर्ण केन्द्रका रुपमा मानिने याे अत्तरिया बजारकाे ढल निकास अस्तव्यस्त लगायतका तमाम समस्या रहेको स्थानिय व्यापारी आकाश खड्काले बताए । नगरपालिकाले यस क्षेत्रको विकासमा लगानी नगरेको उनले गुनासो गरे ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...