Friday, September 17, 2021
गृहपृठ अन्य कैलालीको चुरेमा विद्युत विस्तारको काम अलपत्र

कैलालीको चुरेमा विद्युत विस्तारको काम अलपत्र

कैलाली – जिल्लाको चुरेमा विद्युत विस्तारको काम अलपत्र बनेको छhttps://www.godawarinews.com/

जिल्लाको चुरे गाउँपालिका ४ जगातिमा विद्युत जडानको काम १ वर्ष अघिदेखि अलपत्र बनेको हो । विद्युत विस्तार तथा जडानको काम थालिएको एक वर्ष पुगिसक्दा पनि काम अधुरै रहेको स्थानीय एलेक्स मलासीले जानकारी दिए ।

काम थालिएको भएको १ महिना मात्रै काम गरेर ठेकेदारले काम अलपत्र छोडेको स्थानीय मलासीले बताए। बिजुलीका पोलहरु हाल्नुपर्ने ठाउँमा नहाली जथाभावी फालिएका छन् । यस्तै तारहरु पनि अलपत्र अवस्थामा छोडिएको उनले बताए।

यता, उक्त कामको ठेक्का पाएका ठेकदार चेतन पन्तले भने लकडाउन र कोरोनाका कारण काम गर्न नसकिएको बताए। १ वर्षसम्म पनि जडानको काम नसक्दा स्थानीयलाई सास्ती भएको चुरे ४ का वडाअध्यक्ष कृष्ण मल्लले बताए ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...