Friday, September 17, 2021
गृहपृठ अन्य सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण पर्व गौरा आज बिधिवत रुपमा विसर्जन हुर्दै

सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण पर्व गौरा आज बिधिवत रुपमा विसर्जन हुर्दै

डोटी – सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण तथा ठूलो पर्व गौरा आज बिधिवत रुपमा विसर्जन गरिएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरु भएको गौरा पर्व आज विधिवतरुपमा बिस्तारै विसर्जन गरिएको जोरायल गाउँपालिका–५ की धर्मादेवी विष्टले जानकारी दिइन्।

pathak glass

उनका अनुसार गड्सेरा, जोरायल, वाइल, दिपायल, मुडभारा, बर्छैनलगायतका ठाउँमा बढी गौरा मनाइन्छ।

पञ्चमीदेखि एक वा डेढ सातासम्म देवी पूजनसँगै देउडा खेलेर यहाँ गौरा पर्व मनाइने गरिए पनि यो वर्ष कोरोना भाइरसले खासै रौनकता नभएकाले छिट्टै विसर्जन गरिएको पण्डित डिल्लीराज जोशीले बताए।

उनले भने, “कोरोनाले यो वर्ष खासै गौरामा रौनकता भएन र हामीले भीडभाड पनि गरेनौँ, चाँडै विसर्जन गरिदियौँ। ” गौरा पर्वमा बढी भीडभाड नगर्न तथा समूह बनाएर देउडा नखेल्न स्थानीय प्रशासनले आग्रह गरेका कारण यहाँ गौरा पर्व चाडै विसर्जन भएको स्थानीयवासीहरु बताउँछन्।

उता यहाँका कतिपय ग्रामीण भेगमा भने स्थानीय प्रशासनको नियमको उल्लङ्घन गरेर ठाँउठाँउमा भव्य पूजाआजा र देउडा खेलेर गौरा पर्वको विसर्जन गरिएको छ।

सुदूरपश्चिमका नौ जिल्लाका विभिन्न क्षेत्रमा आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यताअनुरुप फरक–फरक दिन पारेर गौरा पर्वको समापन गर्ने गरिन्छ।

सुदूरपश्चिममा स्थानीय देवीदेवताका गाथा, महाभारत, रामायणलगायत धार्मिक ग्रन्थमा आधारित कथा गाउँदै गौरा पर्वको समापन गर्ने चलन रहेको अर्का स्थानीयवासी पण्डित मेखराज भट्टले बताए।

ताजा समाचार

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...

“एमसीसी”यस कारण राष्ट्रघाती छ : बाेहरा

दीपक बोहरा , अहिलेको समयमा अन्य राष्ट्रहरूसँग असल सम्बन्ध र सहकार्य नगरी कुनै पनि देश अगाडी बढ्न सक्दैन । हरेक राष्ट्रहरूबिच पारस्परिक हित र...