Wednesday, October 20, 2021
गृहपृठखेलकुदनेपाल र बंगलादेशको महिला फुटबल टिमबीच आज मैत्रीपूर्ण खेल हुँदै

नेपाल र बंगलादेशको महिला फुटबल टिमबीच आज मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं – एएफसी महिला एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगिता बिहीबार हुँदैछ । यसै खेलबाट नेपालको महिला सिनियर टिमले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेब्यु गर्दैछ ।उमेर समूहको टिमले दशरथ रंगशालामा खेले पनि सिनियर टिमले भने ३५ वर्षको इतिहासमा पहिलो पटक खेल्न लागेको हो ।यस्तै पहिलो पटक महिला टिमले विदेशी प्रशिक्षकको प्रशिक्षणमा खेल्द‌ैछ । अष्ट्रेलियन ग्यारी फिलिप्सको आगमनपछि महिला टिमले पहिलो खेल खेल्न लागेको हो ।

एएफसी महिला एसियन कप(२०२२ छनोटको तयारीमा रहेका नेपालले बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलले छनोटमा सहयोग पुग्ने विश्वास लिएको छ ।

नेपाली टिम मुख्य स्ट्राइकर सावित्रा भण्डारीविना पहिलो पटक खेल्दैछ । घुँडामा चोट लागेपछि कतारमा गएर शल्यक्रिया गराएकी सावित्रा हाल आराम गरिरहेकी छन् ।

प्रशिक्षक ग्यारीले नयाँ खेलाडीका लागि यो खेल अवसर हुने बताएका छन् । नेपाली टिममा यसपटक ७ नयाँ अनुहार छन् ।

नेपाल र बंगलादेशबीचको खेल साँझ ५ बजे शुरु हुनेछ। त्यसका लागि एन्फाले सामान्य प्यारापिटतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य राखेको छ ।

टिकट प्रभु पे बाट किन्न सकिने एन्फाले जनाएको छ । यस्तै खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनबाट हुनेछ ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार