Friday, September 17, 2021
गृहपृठ अर्थतन्त्र अन्य देशको तुलनामा नेपालमा शेयरधितो कर्जा धेरै

अन्य देशको तुलनामा नेपालमा शेयरधितो कर्जा धेरै

पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लोन) घटाएको विषयलाई लिएर गभर्नर विरुद्ध केही व्यक्तिले आन्दोलन गरे । तर छिमेकी देश भारतमा हाल नेपालमा कायम रहेको सेयर धितो कर्ता भन्दा धेरै गुणा कम धितो कर्जा छ । भारतीय केन्द्रीय बैंकले नेपालमा भन्दा धेरै कडाई गरेको छ । तथापी भारतको सेयर बजारमा राम्रै विस्तार भएको देखिन्छ ।

छिमेकी मुलुक भारतको भन्दा नेपालमा शेयर धितोकर्जाको सीमा धेरै रहेको छ । जहाँ नेपालमा भन्दा भारतको पुँजी बजार धेरै गुणा माथि रहेको छ । यति ठूलो पुँजी बजार रहेको देश भारतमा शेयर मार्जिन कर्जाको सीमा प्रति व्यक्ति २० लाख भारु छ भने ब्रोकरबाट बढीमा ५ गुणा अर्थात १ करोड भारुसम्म मात्रै शेयर धितोकर्जा लिन पाउने व्यवस्था रहेको छ । भारतका केही समय अघि शेयर धितो कर्जाको सीमा २ करोड भारुसम्म रहेको थियो । तर, यस्तो व्यवस्थाले कर्जा लिने व्यक्तिहरुले शेयर बजारमा म्यानुपुलेशन गरेको भन्दै नियामक निकायले १ करोड भारु सीमा तोकेको छ । पुँजीबजार एकदमै विकसित भएका देशमा शेयर धितो कर्जा कम रहेको र पुँजीबजार विकसित नभएको मुलुकमा प्रोशाहन बढाउनको लागि भए पनि बढी नै रहेको पूर्व गभर्नर नेपालले बताए । शेयर धितो राखेर मार्जिन प्रकृतिको कर्जा लिने केहि सयको सङ्ख्यालाई रोक्नका लागी ४ करोड र १२ करोडको सिमा तोकिएको स्पष्ट देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पनि १६२ जनाले १२ करोड भन्दा बढीको शेयरधितो कर्जा लिएका छन् । सेयर बजारमा सीमित व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर बजारलाई आफ्नो स्वार्थ अनुकुल संचालन गर्ने काम रोकिने गरी ल्याएको नीति समग्रमा हेर्दा राम्रो रहेको छ ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...