Friday, September 17, 2021
गृहपृठ खेलकुद नेपालले टस हारेर बलिङ गदै

नेपालले टस हारेर बलिङ गदै

काठमाडौं – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी मैदान अल अमरेतमा अमेरिका कप्तान सौरभ नेत्रवालकारले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपालले पपुवा न्युगिनीविरुद्ध पछिल्लो खेलबाट टोलीमा कुनैपनि परिवर्तन गरेको छैन ।

दुवै टोली त्रिकोणात्मक सिरिजमा सानदार विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । अमेरिकाले नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँगको दुवै खेलमा सहज जित हात पारेको थियो । नेपालले पनि पिएनजीमाथि दुवै खेलमा जित निकालेको थियो । नेपाल र अमेरिकाबीच अन्तिम पटक २०२० फेब्रुअरीमा टियु मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले अन्तिम खेलमा अमेरिकालाई ओडिआई इतिहासकै सर्वाधिक कम ३५ रनमा अल आउट गरेको थियो । गत वर्ष पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो ।

नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने र सुशान भारी ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...