Friday, September 17, 2021
गृहपृठ अन्य नेकपा (एस) ले दलको नेता चयन गर्न सकेन

नेकपा (एस) ले दलको नेता चयन गर्न सकेन

अत्तरिया, सुदूरपश्चिम नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । नेकपा एमाले विभाजन भएपछि पहिलो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्य दुर्गा बिकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको जानकारी दिइन् । बिकले संसदीय दलको विधान बनाउनका लागि ३ सदस्यीय समिति समेत गठन गरिएको बताइन् भने एकीकृत समाजवादीलाई प्रदेशसभाको सबैभन्दा ठूलो दल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिदै प्रस्ताव पास समेत गरेको छ ।

संसदीय दलको नेता चयनका सम्बन्धमा बैठकमा समान्य छलफल भएपनि टुङ्गोमा पुग्न नसकेको बताइएको छ ।संसदीय दलको विधानलाई पूर्णता दिएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गर्ने समझदारी भएको बिक बताउँछिन् । तर संसदीय दलको नेताका लागि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, तत्कालीन नेकपा एमालेका प्रमुख सचेतक तारालामा तामाङ लगायतका आकांक्षी छन् ।

सोमबारको बैठकमा दलको नेता चयन गर्ने विषयमा छलफल भएपनि आकांक्षीबीच सहमती नहुँदा प्रक्रिया अघि नबढेको स्रोतको दाबी छ । दलको नेताको बिषय सहमति जुटन नसक्दा आन्तरिक किचलो बढेको छ । एकीकृत समाजवादीले मंगलबार दिउँसो ३ बजे बस्नेगरि संसदीय दलको बैठक बोलाएको छ ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...