Friday, September 17, 2021
गृहपृठ अन्य राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान गर्न धनगढीमा प्रदर्शन

राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान गर्न धनगढीमा प्रदर्शन

धनगढी,  भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिइएको भन्दै राना थारु समुदाय आन्दोलित भएका छन्। राना थारु समाजको अगुवाइमा दर्जन बढी संस्थाले सोमबार सुदूरपश्चिमको राजधानी धनगढीमा प्रदर्शन गरेका हुन्।

‘कैलाली र कञ्चनपुरका मूल बासिन्दा राना थारु समुदायलाई नेपाल सरकारले आदिवासी जनजातिका रुपमा अलग्गै सूचीकृत गरिएको छ,’ राना थारु समाजका अध्यक्ष कृपाराम रानाले भने, ‘भाषा आयोगले गरेको विभेदविरुद्ध हामी आन्दोलित भएका हौँ।’ धनगढीको ट्राफिक चौराहदेखि पार्कमोडसम्म विरोध प्रदर्शन गर्दै विरोध सभाको आयोजना गरिएको हो।

सभालाई पूर्वमन्त्री नारदमुनी राना लगायतले सम्बोधन गरेका थिए। पूर्वमन्त्री रानाले सरकारको ठाडो निर्देशनमा राना थारु भाषालाई हटाइएको आरोप लगाए। सुदूरपश्चिम प्रदेशमा डोटयाली, थारु, बैतडेली, अछामी र बझाङ्गी भाषालाई सरकारी कामकाजको भाषाका रुपमा सिफारिस गरिएको छ। कैलाली र कञ्चनपुरमा राना थारु समुदायको झण्डै तीन लाख जनसङ्ख्या छ।

ताजा समाचार

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...

“एमसीसी”यस कारण राष्ट्रघाती छ : बाेहरा

दीपक बोहरा , अहिलेको समयमा अन्य राष्ट्रहरूसँग असल सम्बन्ध र सहकार्य नगरी कुनै पनि देश अगाडी बढ्न सक्दैन । हरेक राष्ट्रहरूबिच पारस्परिक हित र...