Friday, September 17, 2021
गृहपृठ अन्य सुदुरपश्चिम संयोजक मै हो: एमाले उपाध्यक्ष रावल

सुदुरपश्चिम संयोजक मै हो: एमाले उपाध्यक्ष रावल

धनगढी – नेकपा एमाले का उपाध्यक्ष भिम रावलले  १० बुँदे कार्यन्वयनमा सबै ईमानदार भएर लाग्नु पर्ने बताएका छन् । मंगलबार धनगढीमा पुगेका रावलले एमालेलाई एकताबद्ध गर्न नै १० बुंदे सहमति गरिएकोमा जोड दिए । उनले भने –“१० बुंदे कार्यन्वयन गर्दा कतिलाई पद गुम्ने डर होला  भनेर अनेक हल्ला चलाँउदै गएका छन् ।,

तर पार्टी एकतामा नै तलसम्म जोड दिनुपर्दछ ।“ कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको बताउँदै आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा रहेको बताए । ‘पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरि कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन,’ रावलले भने ।

आज नै उनलाई  गेटा बिमानस्थलमा  एमालेका नेता कार्यकर्ताहरुले स्वागत गर्दै धनगढी पुर्याएका थिए । नेकपा एमाले बिभाजन  भएपछि उनी पहिलो पटक सुदुरपश्चिम आएका हुन ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...