Friday, September 17, 2021
गृहपृठ अन्य सभामुख प्रचण्डको कार्यकर्ता बने : पुर्वमन्त्री भट्ट

सभामुख प्रचण्डको कार्यकर्ता बने : पुर्वमन्त्री भट्ट

नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई भेदभावपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन्।प्रेस चौतारी नेपाल, कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टले निष्पक्ष हुनुपर्ने सभामुख एक पक्षीय भएको आरोप लगाएका हुन्।

सभामुखले दिनु पर्ने निष्पक्षता दिन नसकेर सभामुख माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यकर्ता बनेको टिप्पणी पनि उनले गरे ।

‘सभामुखले दिनु पर्ने निष्पक्षता दिन सक्नु भएन। माओवादी केन्द्रको विशेषगरी अध्यक्ष प्रचण्डको कार्यकर्ताको रुपमा प्रस्तुत हुनु भएको छ’ उनले भने, ‘हामीलाई कारबाही गरेको सूचना दुई घण्टा भित्रै प्रकाशित गरेर निर्वाचन कार्यालयलाई पठाउनु भयो तर एमालेले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नु भएन।’

सभामुख संविधानअनुसार दिएको दायित्वबाट च्युत भएर एक पक्षीय पार्टीको कार्यकर्ता भएको उनले जिकीर गरे।सभामुखले आफ्नो कमिकमजोरीलाई महशुस गरेर क्षमा नमागुन्जेलसम्म संसद चल्न नदिने नेता भट्टले बताए।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...