Friday, September 17, 2021
गृहपृठ अन्य नेकपा (एस) को संसदीय दलको नेता साेडारी

नेकपा (एस) को संसदीय दलको नेता साेडारी

धनगढी , नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् ।

मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उनलाई सर्वसम्मत चयन गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिए ।

दलको नेताका लागि आन्तरिक मामिला तथा काझनून मन्त्री पूर्णा जोशी र प्रदेशसभा सदस्य तारालामा तामाङ आकांक्षी देखिएपनि नेकपा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहको उपस्थितिमा बसेको बैठकले सोडारीलाई सर्वसम्मत चयन गरेको हो।

बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ भने प्रमुख सचेतक, सचेतक लगायतका पदाधिकारी चयन गरिएका छैनन्। मन्त्री खड्काले अर्को बैठकबाट छनोट हुने जानकारी दिए ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...